जब लालु यादवले राहुल गान्धीलाई भने- ‘तपाईंले बिहे गर्नुपर्छ, हामी जन्ती जान्छौँ’

जब लालु यादवले राहुल गान्धीलाई भने- ‘तपाईंले बिहे गर्नुपर्छ, हामी जन्ती जान्छौँ’

एजेन्सी : बिहारको पटनामा लोकसभा चुनावअघि विपक्षी दलहरुको बैठक बस्यो।

बैठकपछि बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसादले पनि आफ्नो परिचित शैलीमा राहुल गान्धीलाई विवाह गर्न सुझाए।

लालुप्रसादको यो कुरा सुनेर धेरै नेताहरू हाँस्न थाले। उनको पछाडि बसेका आदित्य ठाकरे र सुप्रिया सुले मुस्कुराए।

लालुप्रसादले भने, ‘तपाईंले हाम्रो सल्लाह सुन्नुभएन। बिहे गर्नुभएन। बिहे गर्नुपर्थ्यो। अझै समय बितेको छैन। तपाईं बिहे गर्नुस्, हामी जन्ती जान्छौँ।’

केहिबेर पछि उनले फेरि भने, ‘बिहे गर्नुस्। भनेको मान्नुस्।’

लालप्रसादको यति कुरा सुनेपछि राहुल गान्धीले पनि हाँस्दै भने, ‘अब तपाईंले भनेपछि त गर्छु।’

लालुप्रसादले भने, ‘अब तपाईंले पक्का बिहे गर्नुपर्छ नि!’ मम्मीले भन्नुहुन्थ्यो मेरो कुरा सुन्दैन भनेर।’

भारतीय कंग्रेसका राहुल अहिले ५३ वर्षका भए।

असार ८, २०८० शुक्रबार १८:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।