लिखितमा फेल भएका १८० जनाको ट्रायल पास गराएपछि...

लिखितमा फेल भएका १८० जनाको ट्रायल पास गराएपछि...

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा लिखित परीक्षामा अनुत्तीर्ण भएका १८० परीक्षार्थीको ट्रायल परीक्षामा उत्तीर्ण गराएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौंको बबरमहलस्थित विशेष अदालतमा तत्कालीन कार्यालय प्रमुख सिंहसहित तत्कालीन सहायक कम्प्युटर अप्रेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले शाहीले आफ्नो आधिकारिक युजर आईडी प्रयोग गरी १८० जनासहित प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरूको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार गरेको कैद र जरिवाना सजायको मागदाबी गरेको छ।

यस्तै, कठरिया र रावलले आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षामा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाएपछि उनीहरूविरुद्ध पनि मुद्दा दायर भएको छ।

असार ८, २०८० शुक्रबार १७:३९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।