९८ रनमै अलआउट भएको ओमानमाथि श्रीलंकाको सहज जित
काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा श्रीलंकाले ओमानमाथि १० विकेटको सहज जित हात पारेको छ।
बुलवायोमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले दिएको ९९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो।
अघिल्ला दुई खेलमा जित निकालेर आत्माविश्वासी देखिएको ओमान श्रीलंकाविरुद्ध भने निष्प्रभावी रह्यो। ओमानका लागि आयान खानले ४१ रन बनाउँदा अन्यको प्रदर्शन भने गतिलो रहेन।
उसका लागि जतिन्द्र सिंहले २१ रन बनाउँदा फायज बटले १३ रन बनाए। उसका ८ ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
श्रीलंकाका लगि वानिन्दु हसरङ्गाले ५ विकेट लिँदा लाहिरु कुमाराले ३ तथा कस्लुन रजिथाले १ विकेट लिएका थिए।
जवाफमा श्रीलंकाका पथुम निसन्काले ३७ रनको अविजित इनिङ खेल्दा दिमुथ करुनारत्ने ६१ रनको अविजित रहे।
श्रीलंका लगातार दुई जितसहित शीर्ष स्थानमा उक्लिँदा समान दुई खेल जितेको ओमान समान चार अंकसहित दोस्रो स्थानमा छ।
असार ८, २०८० शुक्रबार १६:५८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।