‘आदिपुरुष’बारे रविको अभिव्यक्ति- दुई/चार कौडीका लेखकका कुरालाई गन्तीमा राख्नहुँदैन

‘आदिपुरुष’बारे रविको अभिव्यक्ति- दुई/चार कौडीका लेखकका कुरालाई गन्तीमा राख्नहुँदैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद् रवि लामिछानेले विवादित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विषयमा सदनमा बोलेका छन्।

शुक्रबार बजेटमाथिको मन्त्रालयगत छलफलमा बोल्ने क्रममा सभापति लामिछानेले फिल्म र त्यसका लेखकका कारण भएको विवादबारे बोलेका हुन्।

लामिछानेले उक्त फिल्मका लेखकलाई दुई कौडीको भन्दै त्यस्ता लेखकले लेखेको विषयलाई गन्तीमा राख्न नहुने बताए।

‘दुईचार कौडीको भारतीय लेखकले हाम्रा विषयमा गलत कुरा भन्यो भन्दै हामीले त्यसलाई गन्तीमा राख्नुपर्दैन,’ उनले भने, ‘नेपालको सार्वभौमिकता र अखण्डता इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ। हामी हाम्रो सार्वभौमिकतामा, भौगोलिक अखण्डतामा गर्व गर्दछौं।’

फिल्ममा भएको संवादका कारण नेपालमा यो फिल्म प्रदर्शन स्थगित भएको थियो। सुरुवाती तीन दिनमा फिल्मले विश्वभरबाट राम्रो रकम कमाए पनि त्यसपछिको खराब रिभ्यूका कारण अहिले कमाइ ह्वात्तै घटेको छ।

असार ८, २०८० शुक्रबार १६:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।