प्रधानमन्त्रीलाई रविको सुझाव- विषादीयुक्त तरकारी जाँच गर्ने हिम्मत गर्नुस्

प्रधानमन्त्रीलाई रविको सुझाव- विषादीयुक्त तरकारी जाँच गर्ने हिम्मत गर्नुस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद् रवि लामिछानेले सीमा क्षेत्रमा आउने विषादीयुक्त तरकारी जाँच गर्ने हिम्मत गर्न आग्रह गरेका छन्।

शुक्रबार बजेटमाथि भएको मन्त्रालयगत छलफलमा सभापति लामिछानेले भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारीको विषादी जाँच गर्न आग्रह गरेका हुन्।

भारत भ्रमणलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सुपरहिट भने पनि केही पनि गर्न नसकेको भन्दै उनले ईपीजी, हवाई रुट, कालापानीबाट भारतीय सेना हटाउन नसके पनि विषादीयुक्त तरकारी रोक्न आग्रह गरे।

असार ८, २०८० शुक्रबार १५:४०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।