निजगढमा भैंसी चराउन विमानस्थल बनाउने हो? - सांसद सिंह

निजगढमा भैंसी चराउन विमानस्थल बनाउने हो? - सांसद सिंह

काठमाडौं : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नरहेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सिंहले हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आधार नदेखिएको बताए।

‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकी निजगढ एयरपोर्ट यताकै दुई वटा अन्तर्राष्ट्रिय एयरपोर्टले काम गर्न सकिरहेको छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता के? खाली फाष्ट ट्रयाक जोड्नका लागि एयरपोर्ट चाहिन्छ?’ उनले भने।

‘विदेशीसँग ऋण लिने अनि त्यो ऋण लिएर एयरपोर्ट बनाउने। के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने?’ उनले थपे।

उनले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाबिना कार्यक्रम नल्याउन माग पनि माग गरे। उनले योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना हुनुपर्नेमा जोड दिंदै योजना बैंक निर्माण गर्न आग्रह समेत गरे।

असार ८, २०८० शुक्रबार १५:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।