ओमान ९८ रनमै अलआउट

ओमान ९८ रनमै अलआउट

काठमाडौं : एकदिवसीय विश्वकप छनोटअन्तर्गतको समूह ‘बी’को शुक्रबारको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ।

श्रीलंकाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको ओमान ३०.२ ओभरमा ९८ रन बनाएर अलआउट भयो। उसका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए।

जतिन्दर सिंहले २१ र फयाज बटले १३ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा एक्लैले लिए पाँच विकेट लिँदा लाहिरु कुमाराले तीन तथा कसुन रजिताले एक विकेट लिए।

श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि ओमानले दुई खेलमा दुवैमा जित निकाल्दै चार अंकसहित पहिलो स्थानमा छ। एक मात्र खेल खेलेको श्रीलंका २ अंकसहित दोस्रो स्थानमा छ।

दुई समूह गरी १० टिम रहेको प्रतियोगिताका दुवै समूहका उत्कृष्ट तीन टोली सुपर सिक्समा जानेछन्।

असार ८, २०८० शुक्रबार १५:२०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।