बजेट पक्षपातपूर्ण र अन्यायपूर्ण छ, तर भोट चाहिँ दिन्छु : नेता केसी

बजेट पक्षपातपूर्ण र अन्यायपूर्ण छ, तर भोट चाहिँ दिन्छु : नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बजेट पक्षपातपूर्ण भएको बताएका छन्।

शुक्रबार मन्त्रालयगत विषयमा छलफल गर्ने क्रममा उनले बजेट पक्षपातपूर्ण भएको बताएका हुन्। यद्यपि आफूले बजेटको पक्षमा मतदान भने गर्ने बताए।

‘बजेटतिर त म जाँदै जान्न भन्याछु किनभने यो बजेट सन्तुलित छँदै छैन, न्यायिक छँदै छैन,’ उनले भने, ‘तर म सत्तापक्ष भएको हुनाले भोट त पक्षमा दिनैपर्छ।’

सत्ताको विषयलाई फरक ठाउँमा राखेर बजेटमा स्वतन्त्र रूपले मतदान गर्न लगाए बजेटबारे सांसदरुको धारणा स्पष्ट रुपमा आउने उनले बताए।

‘बजेटलाई कनसाइन पोलमा विवेकको मतदानमा छाडिदिऊँ, के भन्दोरैछ यो संसद्ले थाहा भैहाल्छ,’ उनले थपे, ‘सत्ताकै गढबढ हुने तरिकाले चाहिँ मुछिन चाहन्न, म भोट दिन्छु। तर यो सन्तुलित छैन, पक्षपातपूर्ण र अन्यायपूर्ण छ।’

उनले नुवाकोटको म्यागङमा तामाङ संग्रहालय निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग आग्रह गरे।

असार ८, २०८० शुक्रबार १५:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।