नियम उल्लङ्घन गर्ने दुई पाइलटलाई नेपाल एयरलाइन्सले गर्‍यो निलम्बन

नियम उल्लङ्घन गर्ने दुई पाइलटलाई नेपाल एयरलाइन्सले गर्‍यो निलम्बन

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बनमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो।

प्राधिकरणले अर्को सूचना जारी नभए सम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन। 

असार ८, २०८० शुक्रबार १५:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।