४ किलो ७५० ग्राम चरेससहित त्रिभुवन विमानस्थलबाट २५ वर्षीय युवक पक्राउ

४ किलो ७५० ग्राम चरेससहित त्रिभुवन विमानस्थलबाट २५ वर्षीय युवक पक्राउ

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ।

असार ८, २०८० शुक्रबार १३:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।