धान रोप्ने सिजनमा यो वर्ष पहिलेको जस्तो मल अभाव हुँदैन : प्रचण्ड

धान रोप्ने सिजनमा यो वर्ष पहिलेको जस्तो मल अभाव हुँदैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने सिजनमा यो वर्ष पहिलेको जस्तो मल अभाव नहुँने बताएका छन्।

शुक्रबार (आज) प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको बताए।

‘२०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। जसमध्ये ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात छ। कोलकत्ताबाट ४५ हजार डिएपी यो महिनाभित्र नेपाल भित्रिन्छ,’ उनले भने, ‘धान रोप्ने सिजनमा पहिलेको जस्तो यो वर्ष मल अभाव हुने अवस्था छैन।’

असार ८, २०८० शुक्रबार १२:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।