रूसी सेनामा नेपालीको भर्तीबारे प्रधानमन्त्रीले भने - ‘सरकारले ध्यान दिइरहेको छ’

रूसी सेनामा नेपालीको भर्तीबारे प्रधानमन्त्रीले भने - ‘सरकारले ध्यान दिइरहेको छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपाली युवा भर्तीको चर्चा चलिरहेको विषयमा  प्रधानमन्त्रीले त्यसतर्फ सरकारले ध्यान दिइरहेको बताए।

शुक्रबार (आज) प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले ध्यान दिइरहेको बताएका हुन्। 

सांसद अच्युत प्रसाद मैनालीले रूस युक्रेन युद्धका लागि पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको बारेमा प्रश्न गरेका थिए।

जसको जवाफमा उनले भने, ‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ।’ 

असार ८, २०८० शुक्रबार १२:०३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।