भारतीय बस धादिङमा दुर्घटना, एक बालकको मृत्यु

भारतीय बस धादिङमा दुर्घटना, एक बालकको मृत्यु
तस्बिर : गल्छीखबर

काठमाडौं : धादिङमा भारतीय बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

भारतीय पर्यटक बोकेको बस गल्छी गाउँपालिका-७ मा दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको ए आर ०६-ई-७०३१ नम्बरको बसमा ३० जना यात्रु सवार थिए।

आज बिहान करिब ९ बजेको समयमा गल्छी मोडमा बस अनियन्त्रित भएर आफैं पल्टिएको बताइएको छ।

असार ८, २०८० शुक्रबार ११:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।