जन्ती बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले दियो शोक बिदा

जन्ती बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले दियो शोक बिदा

काठमाडौँः  जन्ती लिएर गएको जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएपछि शहीद लखन गाउँपालिकाले शोक बिदा दिएको छ। 

आज राति गाउँपालिकाको वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ का एक जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने जनाएको छ। 

गाउँपालिकाले निकालेको सूचनामा लेखिएको छ, ‘शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर गएको सवारी साधन फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी तपसिल बमोजिमका ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएकाले यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै आज मिति २०८०।०३।०८ गते गाउँपालिका कार्यालय तथा मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरुमा समेत शोक बिदा गरिएको व्यहोरा जानकारी गरिन्छ,’ 

उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्। 

असार ८, २०८० शुक्रबार १०:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।