पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पत्नी शोक

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पत्नी शोक

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ। 

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

उनका, श्रीमान्, दुई छोरा र दुई छोरी छन्। दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन्। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

असार ८, २०८० शुक्रबार १०:३२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।