बाबुराम भट्टराईको प्रस्तावः कुर्सी साटासाटमा समय खेर फाल्नुभन्दा संयुक्त सरकार बनाऔं

बाबुराम भट्टराईको प्रस्तावः कुर्सी साटासाटमा समय खेर फाल्नुभन्दा संयुक्त सरकार बनाऔं

काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै ठूला दलहरूको संयुक्त सरकार बनाउन सल्लाह दिएका छन्। 

पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुभन्दा संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानुनमा आवश्यक सुधार,शान्ति प्रक्रियाका बाँकी काम समापन गर्नुपर्ने उनको धारणा छ। 

थप जटिल बन्दै गएको भू-राजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक हुने उनको बुझाइ छ। उनले लेखेका छन्, 'नत्र समयले कसैलाई नपर्खन सक्छ !

 

गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण(turbulent)बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी…

— Baburam Bhattarai (@brb1954) June 23, 2023

असार ८, २०८० शुक्रबार १०:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।