टाइटानिक हेर्न गएका पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु

टाइटानिक हेर्न गएका पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीमा सवार सबै ५ जनाको मृत्यु भएको छ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले बिहीबार यसको पुष्टि गरेका छन्। अमेरिकी कोस्ट गार्डका आर एडमिरल जोन मागरले भने, 'एट्लान्टिक महासागरमा टाइटानिकको भग्नावशेषभन्दा १६०० फिट तल पनडुब्बीको भग्नावशेष भेटिएको छ। यो टाढाबाट संचालित गाडीबाट पत्ता लगाइएको थियो। त्यसमा विष्फोट भएको हुन सक्छ।' 

यसबारे अझै धेरै प्रश्नहरू भएका र उत्तर खोज्न बाँकी रहेको उनले बताएका छन्। रोयटर्सका अनुसार पनडुब्बी आइतबार साँझ नेपाली समयअनुसार पौने ६ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। एक घण्टापछि उनीहरू बेपत्ता भएका थिए।

असार ८, २०८० शुक्रबार ०८:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।