ओखलढुंगाको चम्पादेवीमा भीषण पहिरोः ७ घर बगायो, ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवीमा भीषण पहिरोः ७ घर बगायो, ४ जनाको मृत्यु
सांकेतिक तस्वीर

ओखलढुंगाको चम्पादेवीमा गएराति भीषण पहिरो गएको छ। पहिरोले सात घर बगाएको छ भने ४ जनाको मृत्यु भएको छ। 

गएराति अविरल वर्षापछि पहिरो गएको हो। 

गाउँपालिकाको वडा नम्बर ८ मा गुरुङ समुदायको बसोबास छ। पहिरोमा परी रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमाया, छोरी कृतिका र छोरा दिनेश गुरुङको मृत्यु भएको हो। 

चम्पादेवी गाउँपालिकाकी उपाध्यक्ष दिलमाया मगरका अनुसार २ जना शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन्। घटनास्थलमा प्रहरी पुगिसकेका र उद्धार कार्य सुरु भएको उनले उकेरासँग बताइन्।  

 

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन्।

राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ। ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।

असार ८, २०८० शुक्रबार ०८:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।