अब सञ्जय दत्त पनि क्रिकेट टिमको मालिक

अब सञ्जय दत्त पनि क्रिकेट टिमको मालिक

बलिउड अभिनेता सञ्जय दत्तले क्रिकेट टिम खरिद गरेका छन्। 

सञ्जयले जिम्बाबे अफ्रो टी १० लिगमा हरारे हरिकेन्स टिम किनेका हुन्। भारतीय सेलिब्रेटी एरिज ग्रुप अफ कम्पनीका संस्थापक सोहन रोयसँगै सञ्जय टोलीको संयुक्त मालिक हुनेछन्। लिगमा सहभागी ६ टोलीमध्ये एउटा पाकिस्तानी फ्रेन्चाइजीले पनि किनेको थियो। 

लिगका लागि जिम्बाबे क्रिकेटले अबुधाबी टी-१० लिग आयोजना गर्ने संस्था टी १० ग्लोबल स्पोर्ट्ससँग सहकार्य गरेको छ। जिम्बाबे एफ्रो टी १० लिग ९ दिने प्रतियोगिता हो। लिग जुलाई २० मा सुरु हुनेछ र फाइनल जुलाई २९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ। प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ।

सञ्जय दत्तको हरारे हरिकेन्सबाहेक, डरबन कलन्दर्स, केप टाउन साम्प आर्मी, बुलावायो ब्रेभ्स र जोबर्ग लायन्स जिम अफ्रो टी १० लिगमा भाग लिने अन्य चार टोलीहरू हुनेछन्। खेलाडीको लिलामी जुलाई २ मा हरारेमा हुनेछ।

टोली किनेर सञ्जय दत्तले भारतमा क्रिकेट धर्म जस्तै भएको बताए। यो खेल संसारको हरेक कुनामा फैलाउनु हाम्रो कर्तव्य हो।

असार ८, २०८० शुक्रबार ०७:२८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।