र्‍यापर गिरीश विरुद्ध मासु ब्यापारीको हत्या आरोपमा जाहेरी पर्‍यो

र्‍यापर गिरीश विरुद्ध मासु ब्यापारीको हत्या आरोपमा जाहेरी पर्‍यो

काठमाडौँ : क्याफेमा पैसा माग्न आएका व्यक्तिको हत्या गरेको भन्दै र्यापर गिरीश खतिवडासहित तीन जनाविरुद्ध हत्यामा संलग्न रहेको दाबी सहित जाहेरी परेको छ।

खतिवडासहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको हो।

क्याफे सञ्चालक  खतिवडासहित क्याफेमा काम गर्ने  करण राजवंशी र अनुराग राउतविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरगंमा जाहेरी परेको हो।

जाहेरीमा यी तीन जना मिलेर मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको हत्या गरेको दाबी गरिएको छ। 

जाहेरीमा गिरीशले सञ्चालन गरेको जी क्याफे एन्ड बिस्त्रोमा पैसा माग्न गएको बेला अन्सारीको हत्या भएको दाबी गरिएको छ।
कासीदका भाइ मासिद अन्सारीले जाहेरी दिएका हुन्। असार ४ गते प्रहरीमा उजुरी परेको हो।

मासु ब्यापारी रहेका उनी बिहान क्याफेमा जाँदा सिसाले उनको खुट्टा काटिएको थियो। गिरिशले प्रहरीलाई ढोकामा ठोक्किदा सिसाले काटेको दाबी गरेका छन्।

प्रहरीले अझै अनुसन्धान जारी रहेको र पोस्टमार्टम पछि मात्र हत्या हो हैैन भन्न सकिने बताएको छ।

असार ८, २०८० शुक्रबार ०१:१८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।