नेपाल र वेस्ट इन्डिजबीच खेल भएको जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा मंगलबार भएको थियो आगलागी

नेपाल र वेस्ट इन्डिजबीच खेल भएको जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा मंगलबार भएको थियो आगलागी

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा मंगलबार राति भएको थियो।

यसका बाबजुद पनि यहाँ एकदिवसीय विश्वकप छनोट खेल तालिकाअनुसार जारी भइरहेको छ। आईसीसीले निरीक्षणपछि रंगशालालाई क्लियरन्स दिएको हो। यहाँ बिहीबार नेपाल र वेस्ट इन्डिजबीचको खेल सम्पन्न भएको छ। 

जिम्बाबेको राजधानी हरारेमा रहेको यस रंगशालाको स्ट्यान्डमा मंगलबार राति ठूलो आगलागी भएको हो। त्यो दिन खेलको ६ घण्टापछि आगजनीको घटना भएको थियो। आगलागी हुनासाथ दमकल घटनास्थलमा पुगेको थिए। बुधबार आईसीसी सुरक्षा टोली र जिम्बाबे क्रिकेटले मैदानको निरीक्षण गरी प्रतियोगिताका थप खेलहरू क्लियर गरेका थिए।

जिम्बाबेले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको ६ घण्टापछि मैदानमा आगो लागेको थियो। आगो हरारे स्पोर्ट्स क्लबको दक्षिण-पश्चिम स्ट्यान्ड पछाडि सुरु भएको थियो। आगलागी के कारणले भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

जिम्बाबे क्रिकेटले हिजो राति मैदानको दक्षिण-पश्चिम ग्रान्डस्ट्यान्ड पछाडि हरारे स्पोर्ट्स क्लबमा आगलागी भएको पुष्टि गरेको हो। जिम्बाबे क्रिकेटले बुधबार एक विज्ञप्तिमा यसबारे जनाएको हो। हरारे सिटी फायर ब्रिगेडले घटनास्थलमा पुगेर आगो निभाएको थियो।

हरारे स्पोर्ट्स क्लबमा भोलि हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट २०२३ को खेल प्रभावित नहुने र तालिकाअनुसार अघि बढ्ने जनाइएको छ। 

असार ७, २०८० बिहीबार २१:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।