ठूलो सट खेल्दा कुशल पनि आउट
काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालको पाँचौं विकेटको रुपमा कुशल मल्ललाई गुमाएको छ।
६ बल खेलेका मल्ल २ रन बनाएर पेभेलियन फर्किएका हुन्। छ रनका लागि अफ साइडमा प्रहार गरेको बलमा उनी केसी कार्टीको हातबाट क्याचआउट भए।
जिम्बावेको हरारेमा जारी खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभरको समाप्तीमा ५ विकेट गुमाई ८१ रन बनाएर खेलिरहेको छ।
नेपालका ओपनर कुशल भुर्तेल ५, भीम सार्की २, आशिफ शेख २३ र कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए।
अहिले क्रिजमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी छन्।
टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजविरुद्ध करण केसीले सुरुवाती सफलता दिलाएका थिए।
यद्यपि निकोलस पुरन र शाइ होपको २ सय रनभन्दा बढीको साझेदारी तोड्न नसक्दा नेपालले विशाल रनको लक्ष्य पाएको हो।
असार ७, २०८० बिहीबार १८:४९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।