विश्वकप छनोट : नेपालको चौथो विकेट पतन
काठमाडौं : एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ।
जिम्बावेको हरारेमा जारी खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरको समाप्तीमा ४ विकेट गुमाई ८१ रन बनाएर खेलिरहेको छ।
चौथो विकेटको रूपमा नेपालले कप्तान राेहित पौडेललाई गुमाएकाे हाे। उनी ३० रन बनाएर पेभेलिएन फर्किए।
त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ५, भीम सार्की २ र आशिफ शेख २३ रनमा आउट भए।
अहिले क्रिजमा कुशल मल्ल र आरिफ शेख छन्।
टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजविरुद्ध करण केसीले सुरुवाती सफलता दिलाएका थिए।
यद्यपि निकोलस पुरन र शाइ होपको २ सय रनभन्दा बढीको साझेदारी तोड्न नसक्दा नेपालले विशाल रनको लक्ष्य पाएको हो।
असार ७, २०८० बिहीबार १८:३७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।