नेपाली फ्यानलाई संसारकै खराब भन्ने खानले लिए विकेट, मुखमा टेप लगाएर सेलिब्रेसन
काठमाडौं : दुई खेलमा प्रतिबन्ध लागेपछि एकदिवसीय विश्वकप क्रिकेट छनाेटकाे दुई खेल गुमाएर टोलीमा फर्किएका अमेरिकी बलर अली खानले नेदरल्यान्डसविरुद्ध विकेट लिएका छन्।
नेपाली क्रिकेट फ्यानलाई संसारकै खराब भनेका खानले नेदरल्यान्डस्का विक्रमजित सिंहको विकेट लिएका हुन्। विकेट लिएपछि उनले गजब तरिकाले सेलिब्रेसन गरे। आफैँले बलिङ गरेका उनले क्याच लिएपछि ट्राउजरको गोजीबाट टेप निकालेर मुखमा लगाए।
उनको यो सेलिब्रेसनको भिडियो आईसीसीले राखेको छ, जुन भाइरल भइरहेको छ। उनलाई आईसीसीले खेलको भावना उल्लंघन गरेको भन्दै दुई खेलमा प्रतिबन्ध लगाएको थियो।
आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएपछि सोही टोलीका खेलाडीसँग झगडा गरेपछि म्याच रेफ्रीले उनलाई स्पष्टीकरणको लागि बोलाएका थिए।
खेलमा अनुशासन उलंघनको कारण अली खानले कारबाही स्वरूप एक डिमेरिट प्वाइन्ट पाएका थिए।
आईसीसीको नियम अनुसार कुनैपनि खेलाडीसँग २४ महिना भित्रमा ४ डिमिरेट प्वाइन्ट भएमा एक टेस्ट खेल अथवा दुई ओडिआई वा दुई टि२० आई खेलमा प्रतिबन्ध लाग्छ।
सोही कारबाहीपछि उनले विश्वकप छनोटमा वेस्ट इन्डिज र नेपालविरुद्धको खेल गुमाएका हुन्। समूह चरणको तेस्रो खेलमा उनले बिहीबार नेदरल्यान्डविरुद्ध खेलेका हुन्।
असार ७, २०८० बिहीबार १८:१५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।