एयरपोर्टको तारबार काट्न लगाएका बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश

एयरपोर्टको तारबार काट्न लगाएका बालेनलाई स्पष्टीकरण नसोध्न उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्कालका लागि स्पष्टीकरण नसोध्न आदेश दिएको छ।

एयरपोर्टको तारबार काट्न लगाएका विषयमा बालेनसँग स्पष्टीकरण नलिन न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले आज आदेश दिएको हो।

जेठ ३२ गते काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले प्राधिकरणको निमार्णाधिन भवन परिसर भित्र पसेर तारबार काटेको थियो। यसपछि प्राधिकरणले काठमाडौं महानगरपालिकालाई कारबाही गर्ने चेतावनी दिंदै स्पष्टीकरण सोधेको थियो। 

नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो भने यस विषयलाई लिएर बालेन उच्च अदालतमा पुगेका थिए।

असार ७, २०८० बिहीबार १७:४६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।