एकीकृत समाजवादीले भन्यो- यथास्थितिमा बजेट पास हुँदैन

एकीकृत समाजवादीले भन्यो- यथास्थितिमा बजेट पास हुँदैन

काठमाडौं : एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास नगर्ने निर्णय गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

‘यथास्थितिमा बजेट पास गर्न सकिँदैन,’ उनले भने, ‘असन्तुलन भएका विषयलाई सन्तुलित बनाएर मात्र बजेट पास गर्न सकिन्छ, नत्र सकिँदैन।’

प्रधानमन्त्री, अर्थमन्त्री र कांग्रेस सभापतिको जिल्लामा बजेटहरू अध्याधिक परेको र अन्य जिल्लामा नभएको भन्दै उनले त्यो विषय नसच्चिएसम्म बजेट पास गर्न नसक्ने बताए।

१६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद्को हैसियत बराबर भएकाले बजेट पनि त्यहिअनुसार सन्तुलित हुनुपर्ने धारणा व्यक्त गरे।
यद्यपि उनले यहि कारणले सत्ता समीकरण नटुट्ने स्पष्टीकरण दिए।

असार ७, २०८० बिहीबार १७:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।