३४० रन बनाए नेपालले वेस्ट इन्डिजललाई हराउने
काठमाडौं : नेपालले वेस्ट इन्डिजसँग जितका लागि ३४० रनको विशाल लक्ष्य पाएको छ।
एकदिवसीय विश्वकप छनोट खेलमा शाइ होप र निकोलस पुरनको शतकको मद्दतले वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।
एकदिवसीय खेलमा नेपालविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्म कै ठूलो योगफल हो।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले सुरुवात भनेको खराब गरेको थियो। पाँचौ ओभरमा नेपालले मात्र ९ रन दिएर वेस्ट इन्डिजको दुई विकेट लिन सफल भएको थियो।
करण केसीले र गुल्शन झाले सुरुवाती विकेट लिएका थिए। त्यस्तै सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा आउट गर्दा वेस्ट इन्डिज ५५-३ मा पुगेको थियो।
तर यसपछि पुरन र होपले सानदार खेल खेल्दै शतकसहित वेस्ट इन्डिजलाई बलियो अवस्थामा पुराए। निकोलस पुरनले ९४ बलमा ११५ रनको योगदान दिए भने शाइ होपले १२९ बलमा १३२ रन बनाए।
चौथो विकेटका लागि यी दुईले २१६ रनको दोहोरो शतकीय विशाल साझेदारी गरे।
बलिङमा नेपालका लागि ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए। त्यसैगरी करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।
असार ७, २०८० बिहीबार १६:५४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।