छैटौं दिनमा ह्वात्तै घट्यो ‘आदिपुरुष’को कमाइ
काठमाडौं : विवादका बीच छैटौं दिनमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को कमाइ ह्वात्तै घटेको छ।
कृति सेनन र प्रभासको मुख्य भूमिकामा रहेको फिल्मले पहिलो तीन दिनमा कमाइमा कीर्तिमान बनाए पनि छैटौं दिनमा आइपुग्दा कमाइमा गिरावट आएको हो।
निर्माण टिमको फिल्मबाट विवादित संवाद परिवर्तन गरे पनि त्यसले फिल्मको कमाइमा खासै प्रभाव पारेको छैन। कमाइ लगातार घटिरहेकै छ।
फिल्मले ६ दिनमा बक्स अफिसमा ८ करोडसम्म कमाउने अनुमान गरिएको थियो। तर अनुमान गरेजस्तो कहाँ हुन्छ र!
फिल्मले ५ दिनमा विश्वव्यापी बक्स अफिसमा ३९५ करोड कमाएको थियो।
छैटौं दिन विश्वब्यापी बक्स अफिसमा ४०० करोडको आँकडा पार गर्ने विश्वास लिइएको थियो तर त्यो पनि पूरा हुन सकेन।
फिल्मले छैटौं दिन ४ करोड रुपैयाँ मात्र कमाएको बलिउडलाइफले जनाएको छ।
असार ७, २०८० बिहीबार १५:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।