देशको सार्वभौमसत्ता र स्वाधिताको सवालमा कानून र अदालतलाई पनि मान्दिन : बालेन

देशको सार्वभौमसत्ता र स्वाधिताको सवालमा कानून र अदालतलाई पनि मान्दिन : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले देशको सार्वभौमसत्ता र स्वाधीनताको सवालमा कानून र अदालतलाई नमान्ने बताएका छन्।

उच्च अदालत पाटनले काठमाडौंको हलमा हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै बालेनको यस्तो अभिव्यक्ति आएको हो।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रमुख शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर काठमाडौंको हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताए।

साथै उनले अदालत र सरकारलाई भारतको गुलाम भन्ने बुझिने भन्दै अभिव्यक्ति दिएका छन्।

उनले लेखेका छन्, ‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ।’

यस्तो उनको स्टाटसः
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरू को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ। यसको लागि  जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

असार ७, २०८० बिहीबार १४:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।