दुई महिनापछि पुन: सञ्चालनमा आयो उदयपुर सिमेन्ट उद्योग

दुई महिनापछि पुन: सञ्चालनमा आयो उदयपुर सिमेन्ट उद्योग

काठमाडौं : उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।

कोइला लगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवाद र कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनः सञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार बस्नेतले बताए।

बुधबार बिहान ७ बजेदेखि उद्योग सञ्चालनमा आएको र अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतले बताए।

दुई महिनासम्म उद्योग बन्द हुँदा रु २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए।

असार ७, २०८० बिहीबार १४:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।