९ रनमा वेस्ट इन्डिजको दोस्रो विकेट खस्यो, गुल्शन झाको पहिलो बलमै विकेट
काठमाडौं : वेस्ट इन्डिजविरुद्ध नेपालले सानदार सुरवात गरेको छ। पाँचौ ओभरमा नेपाल मात्र ९ रन दिएर वेस्ट इन्डिजको दुई विकेट लिन सफल भयो।
नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो ओभरमा नै विकेट लिएको थियो।
दोस्रो ओभरको तेस्रो बलमा नै करण केसीले वेस्ट इन्डिजका ओपनर केयल मेयर्सलाई आउट गरे। मात्र १ रन जोडेका मेयर्सको बललाई कुशल भुर्तेलले क्याच गरेका थिए।
जहाँ वेस्ट इन्डिजले मात्र २ रनमा पहिलो विकेट गुमायो।
यसपछि गुल्शन झाले पाँचौं ओभरको पहिलो बलमा नै जोनसन चार्ल्सलाई विकेट किपरद्वार डक आउट गराए। पाँचौं ओभरमा मात्र ९ रनमा दुई विकेट गुमाएपछि वेस्ट इन्डिज दबाबमा परेको छ।
जिम्बावेमा जारी प्रतियोगितामा बलियो टिम वेस्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।
नेपालले आजको खेलमा टिममा कुनै पनि परिवर्तन गरेको छैन। अघिल्लो खेलमा अमेरिकालाई हराएको टिम नै मैदानमा उत्रिएको छ।
चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको आजको खेल नेपाली क्रिकेट इतिहास कै हालसम्मको सबैभन्दा ठूलो टिमसँगको खेल हो।
साथै नेपालले वेस्ट इन्डिजसँग भिडन्त गर्न लागेको यो कुनैपनि फर्म्याटमा पहिलो पटक हो।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो।
असार ७, २०८० बिहीबार १३:१५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।