वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, अमेरिकालाई हराएको टिम नै मैदानमा
काठमाडौं : नेपालले एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध टस जितेको छ।
जिम्बावेमा जारी प्रतियोगितामा बलियो टिम वेस्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे।
नेपालले आजको खेलमा टिममा कुनै पनि परिवर्तन गरेको छैन। अघिल्लो खेलमा अमेरिकालाई हराएको टिम नै मैदानमा उत्रिएको छ।
चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको आजको खेल नेपाली क्रिकेट इतिहास कै हालसम्मको सबैभन्दा ठूलो टिमसँगको खेल हो।
साथै नेपालले वेस्ट इन्डिजसँग भिडन्त गर्न लागेको यो कुनैपनि फर्म्याटमा पहिलो पटक हो।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो।
असार ७, २०८० बिहीबार १२:३१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।