समाजवादी मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत : उपेन्द्र यादव

समाजवादी मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नै एउटा पार्टी बन्ने आंकलन गलत भएको बताएका छन्।

आज (बिहीबार) जसपाले गरेको पत्रकार सम्मेलनमा उनले मोर्चामा रहेका ४ दलहरुको एउटै पार्टी बन्ने आंकलन भइरहेको भए पनि त्यसो नहुने बताए।

‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन गलत हो। यसका पार्टीहरुको अलग अस्तित्व रहन्छ। तर घोषणा भएका साझा विषयहरुमा भने हाम्रो सहकार्य रहन्छ,’ उनले भने।

गत सोमबार  माओवादी, एकीकृत समाजवादी, जसपा र  नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाको घोषणा गरेका थिए।

साथै उनले बाबुराम भट्टराईको एक्लै हिंड्ने बानी भएकाले समाजवादी मोर्चामा नआएको पनि बताए।

असार ७, २०८० बिहीबार १२:२२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।