रास्वपा स्थापनाको एक वर्ष पूरा, संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै

रास्वपा स्थापनाको एक वर्ष पूरा, संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको आज एक वर्ष पुरा भएको छ। अहिले रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसिरहेको छ।
 
पार्टीको स्थापना दिवसको सन्दर्भमा आज (बिहीबार) बनस्थलीस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।

संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।  स्थापना दिवसको दिवसका अवसरमा आज रास्वपाको विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको बताइएको छ।

असार ७, २०८० बिहीबार ११:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।