चार पटक विश्वकप जितेको वेस्ट इन्डिजसँग खेल्दै नेपाल, जितहारभन्दा पनि उत्कृष्ट प्रदर्शन देखाउनुपर्ने चुनौती
आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ।
जिम्बाबेसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। आज नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने एक बजे हरारे स्पोर्टस् क्लबमा हुँदै छ।
नेपाल र वेस्ट इन्डिजसँग कुनै पनि फर्म्याटमा पहिलो पटक खेल हुन लागेको हो। वेस्ट इन्डिजमा विश्वस्तरीय टी-२० ब्याटरको बाहुल्यता छ। जसका कारण नेपाललाई खेल जित्न त्यति सहज भने छैन।
वेस्ट इन्डिजले १९९५ र १९७९ विश्वकप जितेको थियो। त्यस्तै २०१२ र २०१६ मा पनि उसले टी-२० विश्वकप उपाधि जितेको थियो।
असार ७, २०८० बिहीबार १०:५०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।