पहिलो वार्षिकोत्सव मनाउँदै रास्वपा, ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउन निर्देशन

पहिलो वार्षिकोत्सव मनाउँदै रास्वपा, ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउन निर्देशन
फाइल तस्वीर

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ। 

पार्टी स्थापनादेखि हालसम्मको अवस्थाबारे समीक्षा गर्न बिहान साढे ९ बजे केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाइएको रास्वपा सांसद मनीष झाले बताए। रास्वपाले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम पनि आयोजना गर्दै छ। 

बसुन्धारामा रहेको पार्टी कार्यालय आजैदेखि बालाजुमा स्थानान्तरण गरिएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित दलका शीर्ष नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

आजै साँझ ७ बजे रास्वपा सबै सदस्यले ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउने पार्टीले जनाएको छ। 

असार ७, २०८० बिहीबार ०९:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।