पेरिसको एक भवनमा आगलागीमा परी १६ जना जले
फ्रान्सको राजधानी पेरिसको बायाँ किनारमा रहेको एउटा भवनमा बुधबार आगलागी भएको छ।
यस दुर्घटनामा १६ जना जलेका छन्, जसमध्ये ७ जनाको अवस्था गम्भीर छ। खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको छ।
उक्त क्षेत्रलाई प्रहरीले सिल गरेको छ। प्रारम्भिक जानकारी अनुसार ग्यास चुहावटका कारण आगलागी भएको हो।
पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले आगलागीका कारण भवनको केही भाग ध्वस्त भएको बताए।
आगो नियन्त्रणमा आएपनि आगो अझै निभाउन सकेको छैन। अहिले दमकलको टोलीले भग्नावशेषमुनि कोही पुरिएको छ कि छैन भन्ने खोजी गरिरहेको छ।
पेरिस प्रहरीकी प्रवक्ता लुब्ना अट्टाले आगलागी के कारणले भएको हो भन्न हतार भइसकेको बताइन्। केही रिपोर्टमा ग्यास चुहावटका कारण आगलागी भएको बताइएको छ। यद्यपि, यो पुष्टि भएको छैन।
आगलागीसँग सम्बन्धित धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
असार ७, २०८० बिहीबार ०८:०९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।