तीन तहको अदालतबाट दोषी ठहरिएका रेसम राजनीतिक रूपमा निर्दोष भएको प्रधानमन्त्रीको दाबी

तीन तहको अदालतबाट दोषी ठहरिएका रेसम राजनीतिक रूपमा निर्दोष भएको प्रधानमन्त्रीको दाबी
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहको अदालतबाट दोषी ठहरिएका रेसम चौधरी राजनीतिक रूपमा निर्दोष भएकाले संविधान अनुसार छुटेको विवादास्पद दाबी गरेका छन्।

घटनाका प्रत्यक्षदर्शी लगायतले पनि टिकापुर घटनाको बेलामा रेसम त्यहाँ नभएको बताएको र राजनीतिक दलहरूबिच पनि उनी निर्दोष भएकोमा सहमति भएकाले संविधानको प्रक्रिया अनुसार कैद माफ गरेको उनको दाबी थियो।

कान्तिपुर टेलिभिजनको टफटकमा उनले आफू अदालती प्रक्रियाबारे टिप्पणी नगर्ने भन्दै अदालतले आफ्नो प्रक्रिया पूरा गरेको र सरकारले आफ्नो प्रक्रिया अनुसार कारागार मुक्त गरेको उनले दाबी गरे।

उनले संविधानले दिएको अधिकार अनुसार सरकारले आममाफी दिएको तर्क गरेका थिए।

सुरक्षाकर्मी र नाबालकसहित आठ जनाको हत्या घटनामा रेसम मुख्य योजनाकार रहेको भन्दै जिल्ला, उच्च र सर्वोच्चले जन्मकैद दिएको थियो।

नागरिक उन्मुक्तिको सहयोग नभए सुदूरपश्चिम सरकार ढल्ने भएपछि सत्ताधारी दल मिलेर रेसमलाई आम माफी दिलाएका थिए।

असार ६, २०८० बुधबार २३:२४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।