सुनिल क्षत्रीको ह्याट्रिकमा भारतले पाकिस्तानलाई ४-० गोलअन्तरले हरायो

सुनिल क्षत्रीको ह्याट्रिकमा भारतले पाकिस्तानलाई ४-० गोलअन्तरले हरायो

साफ च्याम्पियनसिपअन्तर्गत भारतले पाकिस्तानलाई ४-० गोल अन्तरले हराउँदै पहिलो खेलमा जित निकालेको छ। 

बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षत्रीले ह्याट्रिक पूरा गरे। उनले १० औं मिनेटमा पहिलो गोल गरे। त्यस्तै १६ र ७४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

योसँगै क्षत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ९० पुर्याएका छन्। जुन अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको भन्दा १३ गोल कम हो। क्षत्रीले आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल पनि पाकिस्तानविरुद्ध नै गरेका थिए। 

भारतको लागि उदन्ता सिंह कुममले ८१ मिनेटमा अर्को गोल थपे। 

समूह 'ए' मा भारत पाकिस्तानसँगै नेपाल र कुवेत छन्। यसअघि भएको खेलमा नेपालले कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको छ। भारतले अब नेपाल र पाकिस्तानले कुवेतसँग खेल्नेछ। 

असार ६, २०८० बुधबार २१:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।