स्वास्थ्यमन्त्री बस्नेतद्वारा केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन

काभ्रेपलाञ्चोक : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबीच उद्घाटन गरेका छन्।

नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको  चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो। 

केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ।  

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए।

हरेक वर्ष उपचार सेवा महंगो हुदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रसंसनिय रहेको मन्त्री बस्नेतले बताए।

मन्त्री बस्नेतले भने, ‘योगाको विकास गर्न सक्यौँ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुनसक्छ।’ 

नेपाल योग विज्ञानका लागि उर्वरभूमि भए पनि त्यसको महत्व नबुझ्दा कस्तुरीले बिना छामेजस्तो अवस्थामा भएको बताउँदै यस काममा केयूले गरेको प्रयासको अरुले पनि अनुकरण गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकूपति प्राडा भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचािरक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए। 

असार ६, २०८० बुधबार १९:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।