पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित

पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित

साफ च्याम्पियन्सिपअन्तर्गत बलियो प्रतिद्वन्द्वी कुवेतविरुद्ध पहिलो खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको छ। 

भारतको बेंग्लोरमा खेल जारी खेलमा कुवेतका लागि २३ औं मिनेटमा खालिद इल इब्राहिमले १ तथा ४१ औं मिनेटमा शबिब अल खालिदीले गोल गरे। त्यस्तै मोहम्मद अब्दुल्लाह दहनले पेनाल्टीमार्फत ६५ मिनेटमा अर्को गोल थपे। 

नेपालका लागि अन्जन विष्टले सान्त्वना गोल फर्काए। 

कुवेत यसपटक आमन्त्रित टिमको रूपमा साफमा सहभागी भएको हो। 

८ राष्ट्र सहभागी हुने प्रतियोगिताको समूह 'ए' मा नेपाल छ। दुई समूहमा ८ राष्ट्रहरूलाई विभाजन गरिएको छ। नेपाल सम्मिलित समूहमा कुवेतसँगै भारत र पाकिस्तान छन्। 

नेपालले अब भारत र पाकिस्तानसँग समूह चरणका खेलहरू खेल्ने छ। 

असार ६, २०८० बुधबार १९:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।