साइबर अपराध र बैङ्किङ कसुरका मुद्दा सबै जिल्ला अदालतमा चल्ने

साइबर अपराध र बैङ्किङ कसुरका मुद्दा सबै जिल्ला अदालतमा चल्ने

काठमाडौँ : सरकारले साइबर अपराध र बैङ्किङ कसुरसम्बन्धी मुद्दा देशैभरका जिल्ला अदालतमा चल्ने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अब विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० (५) बमोजिमको मुद्दा र सोही ऐनको परिच्छेद ९ मा उल्लेख भएका कसुरहरूको सुरु कारबाही र किनारा जिल्ला अदालतबाट हुनेछ।

यस अगाडि साइबर अपराधको मुद्दा काठमाडौँ जिल्ला अदालत र बैङ्किङ कसुरका मुद्दाहरूको उच्च अदालतमा मात्र दर्ता हुने गरेको थियो।

 

 

असार ६, २०८० बुधबार १८:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।