साफ च्याम्पियनसिपः कुवेतविरुद्ध पहिलो हाफमा नेपाल २-० ले पछाडि
साफ च्याम्पियन्सिपअन्तर्गत कुवेतविरुद्ध पहिलो हाफमा नेपाल २-० ले पछि परेको छ।
भारतको बेंग्लोरमा खेल जारी खेलमा कुवेतका लागि २३ औं मिनेटमा खालिद इल इब्राहिमले १ तथा ४१ औं मिनेटमा शबिब अल खालिदीले गोल गरे।
कुवेत यसपटक आमन्त्रित टिमको रूपमा साफमा सहभागी भएको हो।
८ राष्ट्र सहभागी हुने प्रतियोगिताको समूह 'ए' मा नेपाल छ। दुई समूहमा ८ राष्ट्रहरूलाई विभाजन गरिएको छ। नेपाल सम्मिलित समूहमा कुवेतसँगै भारत र पाकिस्तान छन्।
असार ६, २०८० बुधबार १६:५०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।