बालेन भीडको पछि लागेको भन्दै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

बालेन भीडको पछि लागेको भन्दै शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले राजीनामा दिएकी छन्। 

ढुंगानाले सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन्। काठमाडौं महानगरपालिकाका प्रमुख शाहका पछिल्ला गतिविधिहरू शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायत गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएकी थिइन्। 

पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्याल मुख्य भूमिकामा थिइन्। तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानका आधारमा भएको उनले बताएकी छन्। 

महानगरमा जबर्जस्त नगर प्रहरी लगाएर साना उद्यमीहरूलाई धरपकड गरेको विषय आफूले पटकपटक उठाए पनि मेयर शाहले सुनुवाइ नगरेको उनको आरोप छ। 

उनले भनिन्, 'शिक्षामा नैतिकताको कुरा आउने भएकाले ठेला हटाउँदा तिनको व्यवस्थापन र लात्ती हानेको भिडियोले नैतिक प्रश्न उठायो, नैतिकता र शिक्षा भनेको सँगसँगै जान्छ। शिक्षा भनेको समाज बनाउने कुरा हो, सबैलाई सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ।'

असार ६, २०८० बुधबार १५:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।