आफूमाथि आक्रमण गर्ने नेविसंघका नेतामाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च पुगे

आफूमाथि आक्रमण गर्ने नेविसंघका नेतामाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च पुगे

काठमाडौँः आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा पुगेका छन्। 

सरकार मुद्दा फिर्ता लिएर गैरकानुनी र असंवैधानिक काम गरेको भन्दै उक्त निर्णय खारेजको माग गर्दै उनले रिट दायर गरेका हुन्। चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ। 

चलाउनेलाई आक्रमण गर्नेविरुद्ध दर्ता भएको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको थियो।

जसको विरुद्ध उनी केही दिनयता आमरण अनसन बसेका थिए। त्यस क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

 

असार ६, २०८० बुधबार १५:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।