सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा अवरुद्ध
फाइल तस्वीर

सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

आज दिउँसो २ बजेतिर सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। 

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

असार ६, २०८० बुधबार १४:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।