बागलुङमा मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर खस्यो जीप, दुई जनाको मृत्यु,

बागलुङमा मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर खस्यो जीप, दुई जनाको मृत्यु,

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो। 

दुर्घटनामा परी मृत्यु हुने दुवैको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैको घटनास्थलमै मृत्यु भएको हो। मध्यपहाडी लोकमार्गबाट जीप पाँच सय मिटर तल खसेको हो। 

मृतक दुवै पुरुष रहेका केसीले बताए। जीपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन।

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ।

असार ६, २०८० बुधबार १०:१८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।