बुधबार सबै प्रदेशमा वर्षा हुने, बाढी र पहिरोबाट बच्न सतर्कता अपनाउन आग्रह

बुधबार सबै प्रदेशमा वर्षा हुने, बाढी र पहिरोबाट बच्न सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

काठमाडौँः बुधबार देशका धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। 

सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरूमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

पहाडी क्षेत्रमा भूक्षय, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने विभागले जनाएको छ। 

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

असार ६, २०८० बुधबार ०९:५४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।