मोदीलाई भेटेपछि एलन मस्कले भने, 'म तपाईंको फ्यान हुँ'

मोदीलाई भेटेपछि एलन मस्कले भने, 'म तपाईंको फ्यान हुँ'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिका भ्रमणमा छन्। उनले अमेरिका पुगेलगत्तै धेरै ठूला व्यापारी र ठूला व्यक्तित्वलाई भेटेका छन्। जहाँ उनले एलन मस्कलाई पनि भेटेका छन्। 

सामाजिक सञ्जाल कम्पनी ट्विटर, स्पेस एक्स र इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर ‘म मोदीको फ्यान हुँ’ भनेका छन्।

साथै मस्कले टेस्ला भारत आउनेबारे धेरै महत्त्वपूर्ण कुरामा मोदीसँग छलफल गरे। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मोदीसँगको भेटबारे विस्तृत विवरण दिएका थिए। उनले आफू कहिले भारत भ्रमण गर्ने भन्ने पनि बताए ।

यसबाहेक, मस्कलाई हालै ट्विटरका संस्थापक र पूर्व सीईओ ज्याक डोर्सीले भारत सरकारमाथि लगाएको आरोपबारे पनि सोधिएको थियो।

असार ६, २०८० बुधबार ०९:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।