कानुनमन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

कानुनमन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

कैलालीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार (आज) प्रदेशभर शोक बिदा दिइएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमामन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख छ। 

मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा सिंहको निधन भएको थियो। सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परी उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते छन्।

असार ६, २०८० बुधबार ०८:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।